सङ्घ र प्रदेशबीचको राजनीतिक, कानूनी र आर्थिक लगायतका विवाद समाधान कार्यदल गठन

काठमाडौँ, २४ मङ्सिर । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानूनी र आर्थिक लगायत विषयका विवाद समाधान गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सम्पन्न अन्तर प्रदेश परिषद्को पहिलो बैठकले छ सदस्यीय कार्यदन गठन गरेको हो । कार्यदलमा अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं २ का मुख्यमन्त्री लाबाबु राउत र प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल रहनुभएको छ । कार्यदलको सदस्य सचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी रहनुभएको छ ।

कार्यदलले आउँदो पुस ३ गते प्रतिवेदन बुझाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका