काठमाडौँ, २४ मङ्सिर । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानूनी र आर्थिक लगायत विषयका विवाद समाधान गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सम्पन्न अन्तर प्रदेश परिषद्को पहिलो बैठकले छ सदस्यीय कार्यदन गठन गरेको हो । कार्यदलमा अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं २ का मुख्यमन्त्री लाबाबु राउत र प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल रहनुभएको छ । कार्यदलको सदस्य सचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी रहनुभएको छ ।
कार्यदलले आउँदो पुस ३ गते प्रतिवेदन बुझाउने भएको छ ।





