कसैको दबाबमा पन्तको अनुसन्धान रोकिदैन : आईजीपी खनाल

काठमाडौं, २४ मंसिर । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले १३ बर्सिया निर्मला पन्त हत्या प्रकरणमा कसैको दबाबले अनुसन्धान नरोकिने बताएका छन ।

सोमबार संघीय संसदको दीगो विकास तथा सुशासन समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रहरी खनालले भने ‘निर्मलाको हत्या अनुसन्धानमा कसैको प्रेसर छैन’, खनालले भने, ‘कसैको प्रेसरले अनुसन्धान प्रभावित हुँदैन ।’ अनुसन्धान प्रभावित गर्न नखोजेर सबैले सहयोग गरेमा चाँडै परिणाम दिने बताए ।

सांसद रायमाझीको आरोप खण्डन गर्दै आईजीपी खनालले व्यवसायिकताबाट आफू कहिल्यै तलमाथि नगर्ने भन्दै उनले भने, ‘निर्मला पन्तको अनुसन्धान जारी छ, त्यही चिन्ताले निन्द्रा पनि नपर्ने अवस्था छ’, ‘नेपाल प्रहरीको सामथ्र्यले गर्नसक्ने काम गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्