काठमाडौं, २४ मंसिर । ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिन पुगेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।




