टेस्ट क्रिकेटमा भारतले अष्ट्रेलियालाई ३१ रनले हरायो

एजेन्सी, २४ मंसिर ।  पहिलो टेस्ट क्रिकेटमा भारतले अष्ट्रेलियालाई  ३१ रनले हराएको छ ।

पहिलो पारिमा २५० रन बनाएको भारतले अष्ट्रेलियालाई २३५ रनमा रोकेर दोस्रो पारि सुरु गरेको थियो । दोस्रो पारिमा ३०७ रनमा अल आउट भएपछि अष्ट्रेलियाले ३२३ रनको सामान्य लक्ष्य पाएको थियो । तर पाँचौ दिनको दोस्रो सेसनमा अष्ट्रेलिया २९१ रनमा समेटियो ।

अष्ट्रेलियाका सौन मार्साले सर्वाधिक ६० रन जोड्दा टिम पेनले ४१ रन बनाए । साेमबारको जितसँगै भारतले चार टेस्टको श्रृंखलामा १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री