वालसारथीका केटाकेटीलाई न्यानो ज्याकेट

काठमाडौँ, २४ मङ्सिर । गौरीघाटस्थित बाल सारथी स्कूलका एक सय जना विद्यार्थीले जाडोमा न्यानो ज्याकेट उपहार पाएका छन् ।

टेनेस्सी, अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको सामाजिक संस्था ‘नेपाली सोसाइटीचाट्टानुगा, टेनेस्सी’ (Nepali Society of Chattanooga Tennessee, USA) की सदस्य कृष्णा महर्जनको पहलमा संकलित रकमबाट वाल सारथीका विद्यार्थीलाई आइतबार ज्याकेट वितरण गरिएको हो ।

काव्य स्कुल नयाँ बानेश्वर र विष्णु बास्कोटा फाउण्डेशनको अमेरिकी भगीनि संस्था ‘निकेल्स फर नेपाल’ मार्फत अमेरिकामा संकलित रकम पठाएर वाल सारथीका केटाकेटीलाई ज्याकेट दिइएको हो ।

काव्य स्कुलका संस्थापक प्रिन्सिपल तथा विष्णु बास्कोटा फाउण्डेशनका अध्यक्ष् ानवराज बास्कोटा, काव्य स्कूलका निर्देशक सुनिल कुमार घर्ती तथा कृष्णा अमात्यका बुबा र दिदी लक्ष्मी महजर्नले स्विटर वालसारथीका विद्यार्थीलाई वितरण गर्नुभएको थियो ।

सोही अवसरमा काव्य स्कूलको तर्फबाट ति विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पनि वितरण गरिएको थियो । काव्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटा र निर्देशक सुनिलकुमार घर्तीले विद्यार्थीलाई शैक्षिक सामाम्री वितरण गर्नुभएको थियो ।

यसअघि विद्यालयकी संस्थापक प्रिन्सिपल माला खरेलले दाताहरुलाई रुदाक्षको माला लगाएर स्वागत गर्नुभएको थियो । तीनै संस्थाको सहयोगमा गत वर्ष वाल सारथीका विद्यार्थीलाई जुत्ता र मोजा उपहार दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा