दुई बर्ष भित्रमा नगरपालिकाका जनताले खानेपानी समस्याको गुनासो गर्नु पर्दैन : प्रमुख मिश्र

भक्तपुर, २३ मङ्सिर । राम चन्द्र प्रजापती । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आगामी दुई वर्षभित्रमा चाँगुनारायण नगरपालिकाका जनताले खानेपानीको समस्याको गुनासो गर्न नपर्ने बताउनुभएको छ ।

नगरपालिकाको वडा नं. ७ बागिश्वरीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य समेत रहनुभएका नगर प्रमुख मिश्रले जनतासँग आफू मेयरमा निर्वाचित भएपछि जनताका आवश्यकताहरु सबै एकैचोटी माग प्रस्तुत हुँदा सवै माग पूरा गर्न नसकेको बताउनभएको छ । उहाँले सबै वडाको समस्या र माग अधिकास सडक, खानेपानी, स्वास्थ्थ, शिक्षा रहेको बताउनुभयो ।

उहाँले यस बर्ष नगरको ९ वटै वडामा सडकमै २० करोडको बजेट राखेको जानकारी गराउनुभएको छ । त्यस्तै उहाँले चैत मसान्तसम्ममा सडक बनाउनु पर्ने गरि ठेक्कादासँग सम्झौता गरिने बताउनभयो । उहाँले विकास र शुसासनमा प्रतिबद्ध भइ आफू सदैब जनतासँग मिलेर काम गर्ने विश्वस्त दिलाउनुभयो ।

कार्यक्रममा राधाकृष्ण लामिछाने, हरि भक्त फैजु,गंगा राम फैजु, पुरुषोत्तम फैजु, कृष्ण हरि फैजु लगाएतले चागुनारायण नगरपालिका वडा नं ७ को समग्र विकासको लागि वडावासीको प्रमुख मिश्रलाई सदैव सहायोग रहेने प्रतिबद्धता गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्