अन्तरप्रदेश परिषद बैठक बस्दै

काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज अन्तरप्रदेश परिषद बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ । संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा गर्न बैठक बोलाइएको हो ।

बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुका साथै गृह, अर्थलगायतका वरिष्ठ मन्त्रीहरु पनि सहभागी हुनेछन् । मुख्यमन्त्रीहरुले आ-आफ्ना प्रदेशमा भएका कामबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन् ।

संघीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि आजको अन्तरप्रदेश परिषद बैठकलाई महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्