पेशागत सुरक्षा आवश्यक, देश निर्माणमा इञ्जिनीयरको भूमिका महत्वपूर्ण : प्रम ओली

काठमाडौँ, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले इन्जिनियरको पेशागत सुरक्षा र देश निर्माणमा इञ्जिनीयरको भूमिका महत्वपूर्ण भएकोले इञ्जिनीयरको न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको बताउनुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले  इन्जिनियर पेशालाई मर्यादित बनाएर यसको विश्वसनीयता बढाउनु पर्नेमा जोड दिदै उहाले भन्नुभयो, ‘तपाईंहरुको पोगत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।’

राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो शर्त हो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसमा सरकार प्रतिबद्ध छ । सरकारको यस अभियानमा इञ्जिनीयरको साथ सहयोग जरुरी छ ।”

एशोसिएसनका अध्यक्ष शम्भु बहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागहरुसहितको ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी