कांग्रेसको निष्कर्ष : कम्युनिष्ट पार्टीहरु लोकतान्त्रिक वातावरण र शक्तिविरुद्ध गोलबद्ध

काठमाडौँ, २१ मङ्सिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कम्युनिस्ट पार्टीहरु लोकतान्त्रिक वातावरण र शक्तिहरूविरुद्ध गोलबद्ध हुँदै गएको भन्दै कम्युनिस्टहरुसँग वैचारिक संघर्ष सुरु भएको उद्घोष गरेको छ ।

केन्द्रीय सदस्य नरहरि आचार्यले आज ३० पृष्ठ लामो ‘नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव ०७५’ नामक राजनीतिक दस्तावेजमा नेकपा नेतृत्वको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मूख भएको ठहर छ ।

आचार्यले तयार पारेको राजनीतिक प्रस्तावमा नेपाली कांग्रेसको आगामी कार्यदिशाका साथै सरकार र अन्य दलको विश्लेषण गरिएको छ । प्रस्तावमा कांग्रेसले संविधान र त्यसका मूल विषयहरु संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायत आफ्नो नेतृत्वमा भएको उपलब्धी भनेको छ । कांग्रेसले संविधानको रक्षाका साथै सुशासन, राजनीतिक स्थिरता र विकासका पक्षमा कम्युनिस्टहरुसँग सहकार्य गर्न सकिने बताएको छ ।

प्रस्तावमा भनिएको छ, ‘वर्तमान साम्यवादी सत्ता लोकतन्त्रका मूल्य र धरोहरविरुद्ध सक्रिय हुँदै लोकतन्त्रका अभ्यासहरु प्रयोग गरी लोकतन्त्रलाई मास्दै एकदलीय सर्वसत्तावादतर्फ अगाडि बढ्न लागेको प्रतीत हुन्छ ।’

नेपाली कांग्रेसले विभिन्न गुटमा विभाजित राप्रपा कट्टर पुरातनपन्थी पार्टी भएको र उसका क्रियाकलाप लोकतन्त्रविरोधी भएको उल्लेख गरेको छ । ‘मधेसकेन्द्रित दलहरु पनि लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा छैनन् । जातीय, क्षेत्रीय र साम्प्रदायिक अतिवादहरु राष्ट्रियता, लोकतन्त्र, संघीयता र गणतन्त्रसहित वर्तमान उपलव्धिका विरोधी हुन् ।’

काग्रेसले सरकारलाई अर्थनीतिबारे विरोधाभाष चरित्र देखाएको, कतिपय महत्वपूर्ण परियोजनामा विवादास्पद भूमिका खेलेको तथा विनाप्रतिस्पर्धा बुढीगण्डकी जलविद्युत परियोजना गेजुवा कम्पनीलाई दिएको भन्दै कांग्रेसले प्रतिवेदनमा भनेको छ, यो कर्म आपत्तिजनक त छ नै, न त राष्ट्रवादको हिजोको उग्र नारा अनुकूल यो भएको छ, न त समृद्धिका लागि ‘आफूले सक्ने आफैं बनाउने’ भावनाअनुरुप भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । २०८३ साल साउन २१ गते बिहीबारको राशिफल ।    मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ।

काठमाडौँ, २० साउन । किर्ते तथा दोहोरो नागरिकता प्रयोग गरेको अरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, २० साउन । २०७ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त

काठमाडौँ, २० साउन । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ भिमसेन मार्गमा डेरा गरी बस्ने २२ वर्षीय रिदम श्रेष्ठ मंगलबार आफ्नै कोठामा मृत भेटिएका