भक्तपुरको डुबान, ट्राफिक जाम तथा अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न विभिन्न कमिटी गठन

भक्तपुर, २१ मङ्सिर । वर्षायामसँगै डुवानको समस्या झेल्नु परिरहेका भक्तपुरवासीलाई हनुमन्ते नदीको करिडोर निर्माण तथा जग्गा एकिकरणसंगै विकासको महशुस गराउने उद्देश्य राख्दै अरनिको राजमार्गमा ट्राफिक जामको न्युनिकरणका साथै अव्यवस्थित वसोवासलाई व्यवस्थित वसोबासका रूपमा परिणत हुने भएको छ ।

आज भक्तपुरका जनप्रतिनिधि, राजनैतिक दल तथा सरोकारवाला निकायसँग भएको छलफलले उक्त निर्णय गरेको हो । भक्तपुरको पहिचानको रुपमा रहेको हनुमन्ते नदीको करिडोर निर्माण तथा जग्गा एकिकरण अहिलेको अपरिहार्य रहेको बताइएको छ । राजमार्गको जाम, करिडोर निर्माण तथा अव्यवस्थित वसोवासलाई व्यवस्थित गर्न सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाको नेतृत्वमा अघि बढाइने भएको छ ।

उक्त दुई नगरपालिकाको क्षेत्रमा पर्ने पूर्वमा राधेराधे क्षेत्रको हनुमन्ते पुल, अरनिको राजमार्ग पश्चिम सूर्यविनायक नगरपालिका र ललितपुर जिल्लाको सिमानाको गोदावरी खोला, मध्यपुर थिमी मनोहरा प्लानिङको सिमाना राम मन्दिर र उत्तरमा मध्यपुर थिमी नपाको वडा नं. १, ३, ४, ९ र ५ साथै सूनपा २, ३, ४ र ५ वडाको हुनमन्ते नदीको करिव ५०० मिटर क्षेत्रभित्रको जग्गा एकिकरण आयोजना संचालन गर्ने काठमाडौँ उपत्यका विकास प्राधिकरणमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै आयोजनालाई व्यवस्थित गर्न सूनपाका प्रमुख बासुदेव थापाको संयोजकत्वमा उपप्रमुख मथिनपाका प्रमुख मदनसुन्दर श्रेष्ठ तथा आयोजना क्षेत्रका सम्बन्धीत वडाध्यक्ष सदस्य रहनेगरी आयोजना व्यवस्थापन समिति गठन गरेको छ ।

त्यस्तै समग्र भक्तपुर विकासको लागि सफलतपूर्वक सम्पन्न गराउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको संयोजकत्वमा १४ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरेको छ । सदस्यहरुमा प्रदेश सांसद शसीजंग थापा, राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, रजनी जोन्छे, नेकपा अध्यक्ष बचन देउजा, नेपाली काग्रेस जिल्ला सभापति दुर्लभ थापा, अष्ट कवे (नेका), मदनकृष्ण श्रेष्ठ (पूर्वमेयर मथिनपा), सचिना श्रेष्ठ (नेकपा), भाइकृष्ण श्रेष्ठ, सुरन्द्र श्रेष्ठ (नगरसभापति नेका), विष्णु कार्की, वालकृष्ण श्रेष्ठ (पूर्ववडाध्यक्ष १२ मथिनपा) रहनुभएको छ ।

कार्यक्रममा सांसद बस्नेत भक्तपुरको आर्थिक तथा सामाजिक विकासको रुपमा रहेको हनुमन्ते नदीको आसपासका वासिन्दाको सुरक्षित व्यवस्थापन गरी नदीलाई व्यवस्थित गर्दै आर्थिक तथा सामाजिक विकास गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त करिडोर निर्माण सम्पन्न भएपश्चात आम भक्तपुरवासीले बाढीका कारण ठूलो क्षती भोग्नुपर्ने समस्याको स्थायी समाधान हुने बताउनुभयो ।

उहाँले हनुमन्ते नदीको करिडोर निर्माणसँग सँगै अरनिको राजमार्गमा हुने सवारी जाम तथा दुर्घटनाको समस्या समेत समाधान हुने बताउनुभयो । उहाँले अवका दिनमा भक्तपुरको विकासलाई कसैले छेक्न नसक्ने भन्दै भक्तपुरमा निर्माणको प्रक्रियामा रहेका राष्ट्रिय गौरवका आयोजना घनिभुत रुपमा सफल र निर्धारित समयमा नै सम्पन्न गराउन सवै स्थानीय सरकार, जनप्रतिनिध, सरोकारवाला सवै निकाय तथा स्थानीयवासीले होस्टेमा हैँसे गर्नुपर्ने बताउनुभयो ।

उहाँले भक्तपुर विकासको लागि स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म गर्नुपर्ने जस्तोसुकै कदम चाल्न आफु तयार रहेको भन्दै समृद्ध भक्तपुर र विकसित भक्तपुर बनाउनु नै आफ्नो मूख्य लक्ष्य रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालभरिमा निर्माणको क्रममा रहेका आयोजनाहरु सफलतापूर्वक सम्पन्न गराउनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो ।

उहाँले भक्तपुरमा सडक सञ्जालले पहुँच पुर्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्दै स्थानीय सरकार तथा आफु निर्वाचित भएपश्चात सडक तथा अन्य विकासले भक्तपुरको मुहार फर्ने प्रकृयामा रहेको जानकारी गराउनुभयो । त्यस्तै भक्तपुरको नदी तथा राजमार्गको सफाईलाई समेत विशेष ध्यान अनुगमन तथा कारवाहीलाई कडाईका अभियान सफाल बनाउन लाग्न सवैमा आग्रह गर्नुभयो । त्यस्तै भक्तपुरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्दै भक्तपुरमा हुने विभिन्न प्रकारका लागुऔषध नियन्त्रण गर्न अभियानलाई अझावढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमले उपत्यका प्राधिकरणले औपचारिक रुपमा निर्णय गरेपश्चात सम्बन्धीत सरोकारवालालाई वोलाई उपभोक्ता समिति निर्माण गर्ने भएको छ । त्यस्तै जग्गा एकिकरण तथा अन्य निर्णयहरुलाई सम्बन्धीत नगरपालिकाले आफ्नो बोर्डबाट निर्णय गराउनुपर्ने निर्णय गरेको छ ।

कार्यक्रममा सांसद बस्नेत, प्रदेश सांसद शसी जंग थापा, राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, रजनी जोन्छे, सूनपा प्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मथिनपा प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेकपा अध्यक्ष बचन देउजा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर प्रहरी प्रमुख हिमालय श्रेष्ठ, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेटघाट गर्दै नेपाली काङ्ग्रेसका तर्फबाट बाजुराका सांसद जनकराज गिरी

काठमाडौँ, १९ साउन । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीका आकाङ्क्षी जगन्नाथ थपलिया अस्वस्थ भएपछि काठमाडौँस्थित वीर

काठमाडौँ, १९ साउन । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ । 

काठमाडौँ, १९ साउन । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त