सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको अभियान प्रभावकारी : सभामुख महरा

दाङ, २१ मङ्सिर । सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान प्रभावकारी हुने बताउनुभएको छ ।

दाङको घोराहीमा आज नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उहाँले जनताले दिएको जनमतलाई अक्षरस पालना गर्दै सकारले जनमूखि कार्य गर्दै अघि बढेको र आगामी दिनमा पनि सरकारका नीति नियमलाई कडाइका साथ कार्यान्वयन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी फागुनसम्म कानून संशोधन गसिक्नुपर्ने चुनौती रहेको चर्चा गर्दै सभामुख महराले नेपालको सविधान २०७२ सँग बाँझिएका धेरै कानून अहिले पनि रहेकाले ती कानून आगामी हिउँदे अधिवेशनसम्ममा संशोधन नभए स्वतःखारेज हुने जानकारी दिनुभयो । त्यस्तै उहाँले केही दिन पहिले घोराहीमा अप्रिय घटना भएको चर्चा गर्दै सभामुख महराले जिल्लामा शान्ति सुरक्षामा ध्यान दिन प्रहरी प्रशासनलाई आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्