काग्रेस वडाध्यक्षद्वारा प्रशासकिय अधिकृतमाथि हातपात : कर्मचारीद्वारा कामकाज ठप्प पार्ने

भक्तपुर, २० मङ्सिर । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसबाट विजयी भएका चागुनारायण नगरपालिका वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खड्काले आफ्नो नगरपालिकाका प्रशासकिय अधिकृत दुर्गाप्रसाद लुइटेलमाथि हातपातका साथमा ज्यान मार्ने धम्की समेत दिएका छन् ।

वडाध्यक्ष खड्काले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले प्रक्रिया र नियम नपु¥याइ जनप्रतिनिधि नै भए पनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोसित हुँदै हातपात गरेको नगरपालिकाका कर्मचारीले बताएका छन् ।

यसबारेमा प्रशासकीय अधिकृत लुइँटेलले वडाध्यक्ष जयन्द्रले इँटा भट्टालाई माटो दिन स्वीकृत माग गर्दै आएको र आफूले नगर कार्यपालिकाको निर्णय विनासिफारिश गर्न नमिल्ने जानकारी गराएपछि उहाँले आफूमाथि अभद्र व्यवहार गरेको स्वीकार गर्नुभयो ।

त्यसपछि आफू कार्यालयबाट निस्केर मन्त्रालय गएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाका कर्मचारीका अनुसार वडाध्यक्ष खड्काले माटोको स्वीकृत नपाएपछि प्रशाकीय अधिकृत लुइँटेलको टेबुल ठटाएर अभद्र व्यवहार गर्नुका साथै पानीको बोतल प्रहार गरेको र पानीको बोतल लुइँटेललाई नलागे पनि पानीको छिट्टा भने परेको थियो ।

घटनापछि यता नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति प्रकाशित गरी वडाध्यक्षले सबै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् । कर्मचारीहरुको हस्ताक्षरित विज्ञप्तिमा नीति, कानून, नियम र कार्यविधिविपरीत काम गर्न जनप्रतिनिधिले नै दिएको दबाबका कारण घटना घटेकाले यस्ता गतिविधिले सङ्घीयता कार्यान्वयनमा खटिएका कर्मचारीमा चुनौती थपिने भन्दै कर्मचारीको ज्यानको सुरक्षाको प्रत्याभूति नभएसम्म र वडाध्यक्ष खड्काले कर्मचारीसँग औपचारिकरुपमा माफी नमागेसम्म सम्पूर्ण कर्मचारीले नगरपालिकाको काम ठप्प पार्ने उल्लेख छ ।

प्रशासकिय अधिकृतमाथि भएको दुव्र्यवहार तथा कर्मचारीको ज्यान समेत जोखिममा पारेको भन्दै उक्त नगरपालिकाका कर्मचारीले संयुक्त रुपमा कामकाज बन्द गर्ने निर्णय गर्दै आज विज्ञप्ती जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्