राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं, २० मंसिर ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ, विकास बैंकमा १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा ५० करोड ७९ लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।

आगामी पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मका लागि राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा भएको रकम राख्नेछ । रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले मंसिर २३ गते दिउसो ३ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ