पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई अनुदान दिइदैन् : अर्थमन्त्री खतिवडा

काठमाडौँ, २० मङ्सिर । अर्थमन्त्री डा. युवराज खतिवडाले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई अनुदान सहायता दिन नसकिने बताउनुभएको छ ।

बिहिबार काठमाडौंमा आयोजित अन्तर सरकारी वित्त परिषदको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले बजेट कार्यान्वयन गर्ने विधि र प्रक्रियाको पालना गर्न सम्बन्धित स्थानीय तहलाई सचेत गराउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले विकास आयोजनाको कामलाई अघि बढाउने गरी संरचना निर्माणको काममा केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभयो । उहाँले विकास निर्माणको कामलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी