बेबिलोन स्कुलमा नारायणगोपाल स्मृति साँझ

शिक्षक र विद्यार्थीले सम्झे स्वरसम्राटलाई

काठमाडौँ, २० मङ्सिर । बेबिलोन नेशनल स्कुल शान्तिनगरका विद्यार्थीले स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यलाई सम्झिँदै विद्यालयमाउनको २८ औं स्मृति साँझ मनाएका छन् ।

बेबिलोन स्कुलका निर्देशक, गायक तथा संगित गुरु प्रकाश आचार्यको पहलमा बेबिलोनमा पहिलो पटक बेबिलोन स्व.नारायण गोपाल साँझ आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यालयका संगीत शिक्षक तथा गायक प्रकाश आचार्य, सागर गौतम, मोतिकला राई, जानुका सुवेदीका साथै विद्यार्थीहरु प्रज्ज्वल आचार्य, विक्रम कार्की र कृतिका तामांङले स्वर्गीय स्वरसम्राटका २ दर्जनभन्दा बढी कालजयी गीत गाएका थिए ।

उनीहरुलाई हार्माेनियममा विद्यालयका संगीत शिक्षक सागर गौतम, तवलामा न्हुच्छेलाल महर्जन, बाँसुरीमा माधव त्रिपाठी र गीतारमा पुजन त्रिपाठीले साथ दिएका थिए ।

यस अघि विद्यालयका प्रिन्सिपल राजु राई, निर्देशक आचार्य, अरु निर्देशक, शिक्षक/विद्यार्थीले स्व.स्वरसम्राटको तस्वीरमा माल्यापर्ण गरेका थिए । कार्यक्रममा वरिष्ठ गीतकार नारायणकुमार आर्चाय पनि सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा