चाँगुनारायण नगरपालिकाद्वारा दोहोरो कर स्थगन

भक्तपुर, १९ मङ्सिर । पछिल्लो समय स्थानीय सरकारले कर बढाएको व्यापक विरोध आइरहेको समयमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले पर्यटकिय स्थल नगरकोट जाने पर्यटकलाई लगाउँदै आएको कर स्थगन गरेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले गतवर्षदेखि र काभ्रेको मण्डनदेउपुर नगरपालिका असोज २९ गतेदेखि आ–आफ्नो स्थानमा पर्यटकसँग कर लिर्दैं आएका थिए ।

उक्त पर्यटकियस्थल जान पर्यटकले दोहोरो कर तिर्दै आउनुपरेको थियो । फरक–फरक सडक भएर नगरकोट जाने पर्यटकहरुसंग तेलकोट, कलमसी र नगरकोट चोक नजिकै तिन स्थानमा चाँगुनारायण नगरपालिकाले लिदैं आएको प्रवेश शुल्क हाललाई नलिने निर्णय गरेको छ । त्यस्तै चाँगुनारायण मन्दिर जाने पर्यटकसँग भने प्रवेश कर यतावत रहने चाँगुनारायण नगरपालिकाले जानकारी दिएको छ ।

चाँगुनारायण नगरपालिका नगरप्रमुख सोमप्रसाद मिश्रले भन्नुभयो ‘नगरपालिकाको बैठकबाट नै हामी २५ गते मंगलबारदेखि कर नलिने निर्णय गरेका छौं ।’

उता मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाइवाले चाँगुनारायण नगरपालिकाको आधिकारीक धारणा आएपछि मात्र अरु निर्णय गरीने जानकारी दिनुभएको छ ।

दुई स्थान कर लागु भएसँगै नगरकोट जाने सार्क राष्ट्रका पर्यकटहरुले ४ सय २६ र बाहिरकाले ६ सय ३९ रुपैयाँ तिदैं आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्