नेविसंघ चार नेता विरुद्ध बलात्कार मुद्दा

नुवाकोट, १९ मङ्सिर । नेविसंघ क्याम्पस इकाईका पूर्व अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता भएको छ।

विदुर नगरपालिका-४ का बादलमान श्रेष्ठ नुवाकोट आदर्श बहुमुखी नेविसंघका पूर्वइकाई अध्यक्ष र सोही ठाउँ बस्दै आएका आदर्श बहुमुखी क्याम्पस नेविसंघका इकाइ उपाध्यक्ष तथा नेविसंघ नुवाकोटका जिल्ला सदस्य रवीन थापा तथा सुर्खेत भेरीगङ्गा नगरपालिका-१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका विकास प्याकुरेलविरूद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीले चारैजनालाई तीनसाता अगाडी पक्राउ गरेको थियो । तीलाई लामो अनुसन्धानपछि बालिका बलात्कारको अभियोगमा अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता गरिएका चारैजनालाई मानव बेचबिखन तथा ओसारपसार अभियोगको समेत मुद्धा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभएको छ ।

कात्तिक तेस्रो साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा राति बट्टारस्थित एक होटलमा राखेर त्यहाँ बलात्कार गरेको अनुसन्धानका क्रममा खुल्न आएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्