नेविसंघ चार नेता विरुद्ध बलात्कार मुद्दा

नुवाकोट, १९ मङ्सिर । नेविसंघ क्याम्पस इकाईका पूर्व अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता भएको छ।

विदुर नगरपालिका-४ का बादलमान श्रेष्ठ नुवाकोट आदर्श बहुमुखी नेविसंघका पूर्वइकाई अध्यक्ष र सोही ठाउँ बस्दै आएका आदर्श बहुमुखी क्याम्पस नेविसंघका इकाइ उपाध्यक्ष तथा नेविसंघ नुवाकोटका जिल्ला सदस्य रवीन थापा तथा सुर्खेत भेरीगङ्गा नगरपालिका-१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका विकास प्याकुरेलविरूद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीले चारैजनालाई तीनसाता अगाडी पक्राउ गरेको थियो । तीलाई लामो अनुसन्धानपछि बालिका बलात्कारको अभियोगमा अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता गरिएका चारैजनालाई मानव बेचबिखन तथा ओसारपसार अभियोगको समेत मुद्धा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभएको छ ।

कात्तिक तेस्रो साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा राति बट्टारस्थित एक होटलमा राखेर त्यहाँ बलात्कार गरेको अनुसन्धानका क्रममा खुल्न आएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको

काठमाडौँ, ९ कार्तिक । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् । आज नेपाली

काठमाडौँ, ९ कार्तिक । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिले ९ वटा कार्यादेश (टीओआर) बनाएर