आगामी वर्ष बृद्धाभत्ता पाँच हजार पुर्याउँछौं : सांसद पहारी

कास्की, १९ मङ्सिर । निवर्तमान युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले सरकारले आर्थिक अवस्थालाई सुधार गर्दै लगेकाले आगामी वर्षमा बृद्धाभत्ता पाँच हजार पुर्याउने बताउनुभएको छ ।

आज कास्कीको अन्नपूर्ण गाउँपालीका वडा नं. १० घान्दुकमा ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रममा बोल्दै सांसद पहारीले २०५१ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अल्पमतको सरकारबाट रु १०० का दरले दिन थालिएको वृद्धभत्ता हाल दुई हजारका दरले रहेको र आगामी वर्षमा निर्वाचनको समयमा गरेको प्रतिवद्धता अनुसार पाँच हजार पुर्याउने बताउनुभयो ।

सांसद पहारीले बुबाआमाको संरक्षण गर्ने व्यक्ति मात्र समाजको योग्य तथा दक्ष हुने भन्दै भगवान भनेको आफुलाई जन्म दिने बुबाआमा भएको बताउनुभएको छ । उहाँले जन्मदिने बुबाआमाको उच्च सम्मान गर्दै निर्वाचित जनप्रतिनिधिहरु शासक नभई सेवक भएकोले देश र जनताको सेवामा निरन्तर लागि पर्नुपर्ने बताउनुभयो ।

उहाँले विकास निर्माणका कार्यमा तेरो र मेरो नभनी सवै मिली अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । देश विकास वर्तमान सरकोरको मूख्य एजेण्डा भएको बताउँदै उहाँले जनताको चाहना तथा निर्वाचनको समयमा गरेका प्रतिवद्धताहरुलाई पुरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले अब वर्तमान सरकार जनताको सरकार भएकाले जनताको दुःख सुखमा सँगै हुने बताउनुभयो । विकास निर्माणदेखि लिएर जनताको समान्य जीवनयापनमा समेत तीनै तहका सरकार साथमा हुने भएकाले जनताले सरकार आफ्नै साथमा रहेको महशुस गराउने समेत बताउनुभयो ।

उहाँले पछिल्लो समय देशमा बढिरहेको बलत्कार, हत्या, हिंसा जस्ता जघन्य प्रकारका अपराधिक कृयाकलापहरु घृणित मानसिकताको उपज भएको बताउँदै सरकारले यस्ता प्रकारका अपराधिक कृयाकलापलाई निस्तेज पार्न जस्तोसुकै भूमिका निर्वाह गर्न पछि नपर्ने बताउनुभयो । उहाँले अपराधिक कृयाकलापको अन्त्य गर्न सवै तह र तप्काबाट सरकारलाई साथ र सहयोग आवश्यक रहेको समत बताउनुभयो ।

कार्यक्रममा ८५ वर्ष पुगेको ४५ जना बृद्धबृद्धालाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग भेटघाट गर्दै नेपाली काङ्ग्रेसका तर्फबाट बाजुराका सांसद जनकराज गिरी

काठमाडौँ, १९ साउन । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ । 

काठमाडौँ, १९ साउन । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त

काठमाडौँ, १९ साउन । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत नै फर्काउनुपर्नेमा जोड