महेन्द्र शान्तिको वनभोजमै १७ थरी पुरस्कार

भक्तपुर, १९ मङ्सिर । बालकोटको एकमात्र तर अव्वल सामुदायीक महेन्द्र शान्ति माविले विगत केही समयदेखि विद्यार्थीलाई विभिन्न कृयाकलापमा सकृय बनाउँदै आएको छ ।

विद्यालयको वार्षिक तालीका अनुसार वार्षिक वनभोज अर्थात पिकनिकका लागि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चोभारस्थित महामञ्जुश्रीले खड्गले काटेको ऐतिहासिक डाँडामा लगिएको विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाले बताउनुभयो ।

चोभारस्थित जलविनायक मन्दीर दर्शन गराउनुको साथै त्यहाँ नजिक रहेको हुपिल्याण्ड फन पार्कमा विद्यार्थीहरुलाई सहभागी गराई धार्मिक र मनोरञ्जन कार्यमा समेत सहभागी गराइएको थियो ।

यसका साथै विद्यार्थीदेखि शिक्षकहरुलाई सहभागी गराई म्युजिकल चेयरदेखि विभिन्न १७ थरीका कृयाकलाप गराई विजेतालाई पुरस्कार समेत दिइएको थियो ।

महेन्द्र शान्ति मावि विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् ५ लाख रुपैयाँको छात्रवृत्ति कोषका संस्थापक हेमन्त कुमार कार्की तथा प्रधानाध्यापक थापाले विजयीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ

पूर्वीतराईमा साम्प्रदायिक तनाव हुँदा आवश्यक सक्रियता नदेखाएको आरोप खेपेका प्रधानमन्त्री बालेन्द्र शाह रसुवामा बाढी आएपछि भने बिहानैदेखि वस्तुस्थिति बुझ्ने, उद्धार

काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।  बिहान