महेन्द्र शान्तिको वनभोजमै १७ थरी पुरस्कार

भक्तपुर, १९ मङ्सिर । बालकोटको एकमात्र तर अव्वल सामुदायीक महेन्द्र शान्ति माविले विगत केही समयदेखि विद्यार्थीलाई विभिन्न कृयाकलापमा सकृय बनाउँदै आएको छ ।

विद्यालयको वार्षिक तालीका अनुसार वार्षिक वनभोज अर्थात पिकनिकका लागि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चोभारस्थित महामञ्जुश्रीले खड्गले काटेको ऐतिहासिक डाँडामा लगिएको विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाले बताउनुभयो ।

चोभारस्थित जलविनायक मन्दीर दर्शन गराउनुको साथै त्यहाँ नजिक रहेको हुपिल्याण्ड फन पार्कमा विद्यार्थीहरुलाई सहभागी गराई धार्मिक र मनोरञ्जन कार्यमा समेत सहभागी गराइएको थियो ।

यसका साथै विद्यार्थीदेखि शिक्षकहरुलाई सहभागी गराई म्युजिकल चेयरदेखि विभिन्न १७ थरीका कृयाकलाप गराई विजेतालाई पुरस्कार समेत दिइएको थियो ।

महेन्द्र शान्ति मावि विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् ५ लाख रुपैयाँको छात्रवृत्ति कोषका संस्थापक हेमन्त कुमार कार्की तथा प्रधानाध्यापक थापाले विजयीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन्

सप्तरी, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले कांग्रेस बदलिएको उल्लेख गर्दै जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश