रक क्लाइम्बिंग गर्दै ट्रिटनका विद्यार्थी

ककनी, १९ मङ्सिर । ककनीको ढुंगे डाँडामा रक क्लाइम्विंग गर्दै (चट्टान चढ्दै) ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगरका विद्यार्थीको एकदिन वित्यो ।

स्काउट शिक्षक शिवकुमार त्वायनाको नेतृत्वमा २ रात ३ दिने हिउँदे क्याम्पमा सहभागी भएका ३ दर्जन ट्रिटन स्काउटहरुले ढुंगे डाँडामा रक क्लाइम्विंगमात्रै गरेनन, सुपरम्यान जम्प, टार्जन जम्प, अप्सेलिंग, कमाण्डो त्र्रिज, रोप क्लाइम्बिंग, टनेल, बाम्बो क्रसिंग लगायत २० वटा भन्दा बढी कृयाकलापमा सहभागी भए ।

उनीहरुलाई साहसिक, मनोरञ्जनात्मक, ज्ञानवद्र्धक र शैक्षिक कृयाकलापको साथै रातको समयमा वन्यजन्तु अवलोकन र क्याम्प फायर समेतको आयोजना गरि मनोरञ्जन गराइएको थियो ।

पहिलोपटक ककनी पुगेका ति स्काउटहरुलाई छात्र छात्राको अलग अलग शिवीर खडा गरि राखिएको थियो । स्काउट शिक्षक शिवकुमार त्वायना क्याम्प चिफ रहेको सो शिवीरमा कविता राई र शिव गैरे उपक्याम्प चिफ थिए ।

सो क्याम्पको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलकी भाइस प्रिन्सिपल ममता शाह तथा निर्देशक राजन सुवेदीले अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ

पूर्वीतराईमा साम्प्रदायिक तनाव हुँदा आवश्यक सक्रियता नदेखाएको आरोप खेपेका प्रधानमन्त्री बालेन्द्र शाह रसुवामा बाढी आएपछि भने बिहानैदेखि वस्तुस्थिति बुझ्ने, उद्धार

काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।  बिहान