कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौँ, १९ मङ्सिर । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसको प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

मंसिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल भइरहेको छ । बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव माथि मंगलबारको बैठकमा केन्द्रीय सदस्य गगनकुमार थापा, धनराज गुरुङ, चीनकाजी श्रेष्ठ, एनपी साउद, गोविन्द भट्टराई, गुरुराज घिमिरे, लक्ष्मी परियार, आनन्द ढुङ्गना, तथा आमन्त्रित सदस्य नरेन्द्रकुमार चौधरी र रमा कोइरालाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ