राष्ट्रियता, जनतन्त्र र जनजीविका, नयाँ जनवादी क्रान्ति : अध्यक्ष वैद्य

बुटवल, १९ मङ्सिर । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको बताउनुभएको छ ।

बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकको बारेमा मंगलबार पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले मुलुकलाई अर्धसामन्ती अवस्थाबाट मुक्ति दिलाउन नयाँ क्रान्तिको आवश्यक रहेको बताउनुभयो । मुलुकमा रहेका सच्चा कम्युनिष्टलाई गोलबन्द गर्ने प्रयासमा रहेको भन्दै उहाँले तत्काल नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको पार्टीसँग भने एकता नहुने बताउनुभो ।

मङ्सिर १२ गतेदेखि १७ गतेसम्म बुटवलमा बसेको बैठकले गरेको निर्णय बुटवलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

बैठकले हत्या, हिंसा, बलात्कार, आदिवासी जनजाति, उत्पीडित वग, सीमा अतिक्रमणलगायतका विषयलाई लिएर देशव्यापीरुपमा सशक्त सङ्घर्ष गर्ने निर्णय गरेको छ । सन् १९५० लगायतका असमान सन्धि सम्झौताको खारेजी, सीमा अतिक्रमणविरुद्धमा मेची महाकाली राष्ट्रिय जनजागरण कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गर्दै देशभर सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ११ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार