काव्य स्कुलमा सार्कका शिक्षावीद्

काठमाडौं, १९ मङ्सिर । दक्षिण एशियाली मुलुक (सार्क) का शिक्षा मन्त्रालय, शिक्षा विभागका वर्तमान तथा पुर्वअधिकारीहरुका साथै शिक्षावीद्हरुले मंगलबार काव्य स्कुल नयाँबानेश्वरको स्थलगत भ्रमण गरि त्यहाँको शिक्षण विधिबारे जानकारी लिएका छन् ।

भुटान सरकारको पूर्वशिक्षामन्त्री ठाकुर एस.पौड्याल, पाकिस्तानका गुल मोहम्मदका साथै भारत, बंगलादेश र श्रीलंकाका अधिकारीहरु र शिक्षावीद्हरु सो टोलीमा सहभागी रहेको काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले बताउनुभयो ।

दक्षिण एशियाली मुलुकका नीजि तथा सामुदायीक विद्यालयको शिक्षण विधि, शैक्षिक आयाम, कमीकमजोरी र अध्ययन अध्यापनका क्रममा भोग्नुपरेका समस्या र चुनौतिका बारेमा अध्ययनका लागि नेपाल आएको टोली नयाँबानेश्वरको नीजि विद्यालय, काव्य स्कुलमा पुगेको हो ।

टोलीलाई काव्य स्कुललाई संस्थापक प्रिन्सिपल बास्कोटाले स्वागत गर्दै विद्यालयले अपनाएको शिक्षण विधि, अतिरिक्त कृयाकलाप, विभिन्न सामाजिक कार्यमा विद्यार्थी र विद्यालयको सहभागिताका साथै विद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको ख्यातीका बारेमा जानकारी गराउनुभएको थियो ।

वालअधिकारको संरक्षण गर्दै वालवालिकाको पढ्न र खेल्न पाउने अधिकारलाई सुनिश्चित गर्दै काव्य स्कुलले विद्यार्थीहरुलाई गृहकार्य दिने गरेको छैन । सबै विद्यार्थीलाई सक्षम र हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका ग्रहणकर्ता (लीडर) बनाउनु काव्य स्कुलको उद्धेश्य रहेको छ ।

विभिन्न सामुदायीक विद्यालयलाई समेत शैक्षिक सहयोग गर्दै सामाजिक उत्तरदायीत्व समेत निर्वाह गर्दै आएको काव्य स्कुल स्थापनाको एक दशकमै मुलुकको स्थापित अग्रणी विद्यालयको रुपमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा