कृषि उत्पादनमा जोड्न जग्गाको भाडा सरकारले व्यहोर्छ : मुख्यमन्त्री पोखरेल

बुटवल, १८ मङ्सिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले देशमा नै रोजगारीको वातावरण सिर्जना गर्न कृषि उत्पादनमा युवाहरुलाई जोड्न जग्गा भाडा सरकारले व्यहोर्ने बताउनुभएको छ ।

भैरहवामा आजदेखि शुरु भएको प्रदेशस्तरीय प्रशंसनीय खोज सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका आधार कृषि, पर्यटन, उद्योग र व्यापार भएको बताउनुभएको छ ।

कृषिको आधुनिकीकरण, बजारीकरण र व्यापारीकरण जरुरी रहेको उल्लेख गर्दै उहाँले बेरोजगार मेहनती युवालाई कृषि उत्पादनमा जोड्न जग्गा भाडासमेत तिरिदिनेगरी प्रदेश सरकारले स्वरोजगार बनाउने कार्यक्रम अगाडि सारेको जानकारी गराउनुभयो ।

उहाँले प्रदेश ५ मा २९ प्रतिशत जनता गरीबीको रेखामुनि रहेको बताउँदै आगामी पाँच वर्षभित्र यो प्रतिशत १० मा झार्न बताउनुभयो । उहाँले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत प्रदेशका ३५ पालिकामा विभिन्न गरीबी निवारणका कार्यक्रम सञ्चालन गर्ने समेत जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्