काठमाडौँ, १८ मङ्सिर । संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापनासँगै नेपालमा राजनैतिक आन्दोलनको समाप्तीको घोषणा गरेका दलहरु पछिल्लो समय आफ्नो घोषणालाई कागजमा सिमित राख्दै एक आपसमा सरकार र प्रतिपक्षिबीचको विभिन्न बहानामा टकराव यथावत नै राखेका छन् ।
समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सवै राजनैतिक दलले समर्थन गरेको देखिन्छ तर त्यो समर्थन बाहिरी देखावटी जस्तो मात्र भएको छ । सरकारको योजना, नीति नियमलाई प्रतिपक्षिदलले स्वीकार गर्न नसक्नु आम नेपाली जनताको लागि ठूलो घोका हुने देखिएको छ ।
विभिन्न बहानामा धेरै समस्या उत्पन्न गराउन सक्ने प्रतिपक्षिदलले समस्याको समाधान भने देखेका छैनन् । प्रतिपक्षिदल समस्या उत्पन्न मात्र गराउने होइन, समस्या समाधान गराउने मूख्य तथा निर्णायक विन्दु पनि हो । पछिल्लो समय समस्या समाधान भन्दा पनि एक आपसमा सरकारको विरोध गर्नमा नै आफ्नो दिनचर्या समाप्त पार्न थालेको देखिन्छ राजनैतिक दलहरु । राम्रो कुरामा सरकारको समर्थन तथा नराम्रो काममा सरकारको खबरदारी गर्ने जिम्मा तिनै निर्वाचित दलका नेता वा प्रतिपक्षि दलको हो ।
नेपाली काग्रेसको नेतृत्वमा बनेको सरकारको पालामा बनाइएका ऐनलाई कार्यान्वयनका चरणमा आउँदा आफैले विभिन्न बहाना बनाई आन्दोलनको रणभूमि बनाउनु सायदै नेपाली जनताको विकास र समृद्धिको चाहनामाथि कुठाराघात हुने स्पष्ट देखिएको छ । आफ्नो सरकारको समयमा मुख बन्द गरेर बस्ने अनि अरु कुनै राजनीतिक दलले सरकार चलायो भने आफुले गरेको गल्तीलाई समेत अर्को सरकारलाई दोष दिने प्रवृत्तिको हावि भएको देखिन्छ ।
विरोधका नाममा हुने गरेको राजनीतिले नेपालले कल्पना गरेको समृद्धिको ढोका खुल्न कठिन त अवश्य नै छ त्यसमा पनि नेताको विकास प्रति हेर्ने विरोधी दृष्टिकोण आम नेपाली जनताको भाग्य र भविष्य माथि खेलवाड हुने देखिएको छ ।
देशमा भइरहेका नकरात्मक कुराहरुलाई सरकारसँग जोडी आन्दोलनको रणभूमी सिर्जना गराउनु विकासको चाहना बोकेका नेपालीको छातिमाथि लात हान्नु नै हो । यसो भनिरहदाँ अपराधिलाई कानुनी कठाघरामा ल्याउनु पर्दैन भन्ने चाही विलकुल हैन । अपराधिक कृयाकलापमा लागेका जोकोहीलाई कानुनले दण्डित गर्नुनै पर्छ, त्यसमा कानुनका रक्षक तथा सरकारले विशेष भूमिका खेल्नै पर्छ, पिडितले न्याय पाउनै पर्छ । त्यसको लागि कतिपय कुराहरुमा समय लाग्न सक्छ तर न्याय दिलाउन अनुसन्धान भने रोक्नु हुँदैन ।
प्रतिपक्षिले आन्दोनका नाममा कहिले डाक्टर, पत्रकार तथा बलत्कार, अपहरण पछि हत्याको नाममा, तराईमा भएका बन्द, हड्ताल, नाकाबन्दी लगायतका आन्दोलन गरि सडक तथा सदन सञ्चालनमा अवरोध गरेको थियो । यीनै आन्दोलनका नाममा धेरैले ज्यान गुमाउनु पर्यो त कतिले आफु अपाङ्ग हुनुपर्यो । आन्दोलन कै कारण कतिपय कुराहरुमा जनहित भन्दा फरक ढंगले सरकारले सम्झौता गरी देशलाई आर्थिक तथा सामाजिक रुपमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने स्थिती भएको छ । त्यसमा कतिपय नेपालका चर्चित मिडियाहरु समेत राजनैतिक छायाँमा परि स्वतन्त्रता भन्दा पनि स्वार्थिय राजनीतिमा घुसेको स्पष्ट देखियो ।
एक दिन आम हड्ताल मात्र भएमा देशमा अरवौं बराबरको आर्थिक नोक्सानी हुन जान्छ । हजारौंको रोजी रोटी बन्द हुन्छ । जसका कारण हाम्रो जस्तो विकासन्मुख देशमा आर्थिक वृद्धिदर खस्कदो हुँदै जान्छ । जसले देशलाई विकसित तथा समृद्ध बनाउने कल्पना सपनामा नै सिमित हुन्छ । देशमा नै रोजगारीको सिर्जनामा भौतारीरहेका लाखौं आम युवाहरु खाडीको टन्टलापुर घामलाई स्वीकार्दै वालुवाखानीमा आफ्नो श्रमलाई बेच्न बाध्य हुन्छन् । जसका कारण नेपाली शिक्षत, योग्य, दक्ष व्यक्तिको श्रम प्रयोग भई अन्य मूलुक छोटै समयमा विकास र समृद्धिमा कायापलट हुने गरेका छन् ।
विरोधका नाममा हुने राजनीति मध्येको ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ भक्तपुरका विकास निर्माणका कार्यहरु । राष्ट्रिय गौरवको रुपमा रहेका अन्तराष्ट्रिय रंगशाला, सभागृह, प्राणी उद्यान केन्द्र, आधुनिक विर अस्पताल, सुरुङ मार्ग लगायतका विकास निर्माणका कार्यहरु ।रंगशाला निर्माण गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत २४ घण्टामा करिव १८ घण्टा सामाजिक क्षेत्रको विकास र विस्तारमा अहोरात्र खटिने गरेका छन् भने त्यसको विरुद्धमा नेपाल मजदुर किसान पार्टीका नेता तथा कार्यकर्ताले खुलेआम रुपमा विरोधी स्वरहरु सडकदेखि सदनसम्म पुर्याउने गरेका छन् । उदाहरणको लागि नेमकिपाको एउटै स्वर रहेको छ कि भक्तपुरमा अन्तराष्ट्रिय रंगशाला चाहिँदैन, प्रदेशको राजधानी चाहिँदैन लगायत ।
सरकारले सामाजिक सुरक्षा, आर्थिक वृद्धिदर गराउने, देशमा नै रोजगारीको सिर्जना गर्ने, रेल मार्गको विस्तार गर्ने, जलमार्गको विकास गर्ने, देशमा नै पेट्रोलियम पदार्थको उत्पादन गर्ने, विद्युत उतपादनी गरि विदेश निर्यात गर्ने लगायतका धेरै योजनाहरु जनता माझ त ल्यायो तर प्रतिपक्षिदलको असहयोगका कारण स्वभाविक रुपमा कामलाई दु्रत गतिमा अघि बढाउन सरकारले सकेको छैन ।
माथिका कुराहरुबाट के प्रष्ट हुन्छ भने विकास भन्दा पनि व्यक्तिगत राजनीति बनाइएको छ, जुन नेपाली जनतालाई बेकुभ बनाउने मात्र काम गरिरहेको छ । यसमा आम नेपाली जनताले बुझ्न जरुरी छ की कसैको समर्थन गर्नुभन्दा पनि त्यो काम कस्तो हो ? र के का लागि गरिदैछ ? भन्ने कुरालाई राजनीति भन्दा एक कदम माथि उठि सोच्न जरुरी रहेको छ ।
वीरेन चौलागाई
सम्पादक






