मङ्सिर भित्रै सरकार विस्तार, सहमतिमा प्रदेशको नाम र स्थायी राजधानी : मुख्यमन्त्री राई

विराटनगर, १८ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अगामी मङ्सिर महिना भित्र नै प्रदेश सरकार विस्तार गर्दै पुसको पहिलो सातासम्ममा प्रदेश नं. १ को नाम र स्थायी राजधानी सहमतिमा टुङ्गो लाग्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सोमवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले धेरै विभागसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो भएको हुनाले मन्त्रालय विभाजन गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको विषय माथिल्लो तहमा टुङ्गो लागिसकेको जानकारी दिँदै आगामी हिउँदे अधिवेशनमा यस विषयको टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर