प्रदेश ३ को स्थायी राजधानीबारे प्रदेशसभामा मतदान हुने

काठमाडौँ, १७ मङ्सिर । प्रदेश ३ को स्थायी राजधानीबारे प्रदेशसभामा मतदान नै हुने भएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको आहृवानमा बसेको सर्वदलीय बैठकमा राजधानीबारे संसदीय प्रक्रियाबाटै निर्णय गर्ने सहमति जुटेको हो ।

प्रदेशसभाको अबको बेठकमा राजधानीबारे संसदीय समितिको प्रस्ताव पेश भई पुस ८ गतेबाट मतदान प्रक्रिया सुरू हुने भएको छ । संसदीय समितिले मकवानपुरसहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवन विकल्प दिएको छ ।

प्रदेशसभामा सत्तारुढ दल नेकपाको दुई तिहाई भएपनि मुख्यमन्त्री डोरमणि पौडेलसहितका केही नेता हेटौंडालाई नै स्थायी राजधानी बनाउने पक्षमा भएपनि बहुसंख्यक विपक्षमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ