अपाङ्गता भएका व्यक्तिलाई समान हक अधिकार : प्रधानमन्त्री ओली

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा समान हक अधिकार, अवसर पाउने बताएका छन ।

१७सौँ अन्तर्राष्ट्रिय अपाङग दिवसका उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्तिलाई राज्यका हरेक क्षेत्रमा उनीहरुले पनि अरु सरह लाभान्वित हुन पाउनै पर्दछ भन्ने मान्यतामा नेपाल सरकार प्रतिवद्ध रहेको बताउदै, उनले भने ‘कोही पनि पछाडि नपरून् भन्ने मूल ध्येयका साथ सरकार सामाजिक न्यायको स्थापना गर्न तल्लीन रहेको छ ।’ 

पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सामाजिक सुरक्षा र गुणस्तरीय जीवनको विशेष व्यवस्था गर्न सरकार कटिवद्ध रहेको बताएका छन ।
प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ,‘सरकारले अपाङ्गता भएका व्यक्तिहरूको विकास र सशक्तीकरणका लागि छुट्टै बृहत् नीति र कार्ययोजना ल्याउने तयारी पनि गरिरहेको छ । सरकारको सम्पूर्ण प्रयास समावेशी विकासको माध्यमबाट देशमा समृद्धि, खुसीयाली, शान्ति र न्याय स्थापना गर्न केन्द्रित छ ।’

अपाङ्गता भएका महिलाहरूमाथि हुने हिंसा र दुव्र्यवहारका विरूद्धमा कडा कानूनी कारबाहीहरू अगाडि बढाउने र पीडितलाई क्षतिपूर्ति दिलाउने विषयमा सरकारले विशेष ध्यान पु¥याएको सन्देशमा जनाइएको छ । ‘सार्वजनिक भौतिक संरचना, सेवा प्रवाह गर्ने प्रणाली, यातायात सेवा र सूचना तथा सञ्चार प्रणालीहरूमा अपाङ्गता भएका व्यक्तिको पहुँचलाई पूर्ण रुपमा सुनिश्चित गर्न सरकारलाई सबैको सहयोग चाहिन्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्