कार्बनको जालो सुन्दर, हरियाली र स्वच्छ नगरको बाधक : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १६ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मानव बस्ती नजिकका इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनको जालो सुन्दर, हरियाली र स्वच्छताको बाधक भएकाले तत्काल हटाउनुपर्ने बताउनुभयो ।

नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले मुलुकका जुनसुकै मानव बस्तीमा कार्बनको जालो हुनुहुन्न र यसलाई तत्काल हटाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नगरपालिकाको भकुण्डेस्थित इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनले मानवीय स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेकाले यसलाई छानविन गरी तत्काल मानव बस्तीबाट हटाउन स्थानीय प्रशासन तथा शुरक्षाकर्मीलाई निर्देशन समेत दिनुभयो ।

मन्त्री बाँस्कोटाले मानवबस्तीबाट टाढा इँटा उद्योग राख्न आग्रह गर्दै सरकारले सहुलियतमा वैकल्पिक व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्माण सामग्री त चाहिने बताउँदै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने उद्योगको विकल्प खोज्न उद्योगीलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै महिला हिंसा घटनाका ९५ प्रतिशतलाई कानूनी दायारमा ल्याइएको छ, बाँकी ढिलोचाँडो कठघरामा ल्याएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्