काठमाडौं, १६ मंसिर । मेक्सिकोमा ७० वर्षपछि वामपन्थी राष्ट्रपतिले संसदमा सपथ लिएका छन् ।
शनिबार मेक्सिको राष्ट्रपति लोपेज आन्द्रेस म्यानुअल लोपेज ओबादरले भ्रष्टाचार निर्मुल गर्ने र गरिब र सीमकान्तकृतहरुको लागि देश बदल्ने घोषणा गरेका छन ।
सपथ समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स, राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प र भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो सहभागी भएका थिए ।





