विदेशी विशिष्ट व्यक्तिद्वारा प्रधानमन्त्री ओलीसँग भेट

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्बोडिया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीले भेट गर्नुभएको छ ।

एसिया प्यासिफिक सम्मेलनमा सहभागी काठमाडौं आउनुभएका पूर्वसरकार प्रमुखसँग आज भएको भेटमा नेपालको शान्ति प्रक्रिया र सरकारले अघि सारेका समृद्धिका योजनाहरुबारे छलफल भएको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी Yousaf Raza Gillani सँग भएको भेटमा सार्कलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल सार्कको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो । “नेपाल चाँडो सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहन्छ,” प्रधानमन्त्रीले सार्कप्रति आफ्नो प्रतिबद्धता दोहो¥याउँदै भन्नुभयो, “सार्कलाई प्रभावकारी बनाउन हाम्रो प्रयत्न सदैव रहन्छ ।”

गिलानीसँग दक्षिण एसियाका देशको पारस्परिक व्यापार र लगानीको आदानप्रदान बढाएर जानेबारे पनि छलफल भएको छ । गिलानीले नेपालले लिइरहेको प्रगति र स्थायित्वको बाटोबारे जानकारी भएको भन्दै प्रशंसा गर्नुभयो ।

कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्राना अरंगो Andres Pastrana Arango ले पनि प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको छ । भेटमा पूर्वराष्ट्रपति अरंगोले नेपालको शान्ति प्रक्रियाको सफल प्रयासबाट आफ्नो मुलुक पनि प्रभावित भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका मूलभूत कामहरु सकिएको उल्लेख गर्दै बाँकी कामहरु पनि छिट्टै पूरा गर्ने जानकारी दिनुभयो । प्रधानमन्त्रीले कोलम्बियासँग कुटनीतिक सम्बन्ध लामो भएको स्मरण गर्दै व्यापार–वाणिज्य क्षेत्रबाट सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी प्रधानमन्त्री ओलीसँग पलाउका पूर्वराष्ट्रपति जोनसन टोरीवियङ Johnson Toribiong ले पनि भेट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ