पोल्याण्डमा जलवायु सम्मेलन सुरु

काठमाडौं, १६ मंसिर ।  जलवायु परिवर्तनको २४ औँ सम्मेलन पोल्याण्डमा आज आइतबारदेखि सुरु हुँदैछ ।

सम्मेलनमा नेपालकोतर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी हुनेछ ।

विकास निर्माणसम्बन्धी योजनाहरूमा कार्बन उत्सर्जनलाई कम गर्ने खालका प्रणालीहरूको स्पष्ट व्यवस्था गर्नुपर्ने र जलवायु परिवर्तनका कारण हिमशिखर र हिमतालहरू पग्लेर नकारात्मक असरहरू देखिन थालेकोबारे नेपालले सम्मेलनमा कुरा उठाउने छ ।

अहिलेसम्मको तथ्यांकअनुसार सन् २०१८ मा विश्वको तापक्रम चौथो उच्च रहने देखिएको भन्दै संयुक्त राष्ट्रसङ्घले बिहीबार अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

विश्वको औसत तापक्रम वृद्धिभन्दा नेपालको ऋतुजन्य तापक्रम द्रुत गतिमा बढ्दो छ । वार्षिक औसत तापक्रम सन् २००० लाई पूर्वाधार रेखा मान्दा सन् २०३० सम्म १।२ सेल्सियसका दरले, सन् २०५० सम्म १।७ सेल्सियसका दरले र सन् २१०० सम्म ३ सेल्सियसका दरले बढ्ने अनुमान प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा