उत्पादनमुखी सहकारीलाई सरकारले हेर्छ : मन्त्री अर्याल

काठमाडौँ, १५ मङ्सिर । भूमिसुधार, वालवालिका तथा सहकारी मन्त्री पद्मा अर्यालले उत्पादनको क्षेत्रका साथै रोजगारी दिने कार्यमा सक्रिय रहेका व्यवसायीक सहकारी संस्थालाई सरकारले प्रवद्र्धन, विकास र प्रत्यक्ष सहयोग गर्ने बताउनुभएको छ ।

सिद्धिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड कोटेश्वरको १० औं वार्षिक साधारणसभालाई शनिबार राजधानीको तिनकुनेमा सम्वोधन गर्दै नाम मात्रैको सहकारी संस्थाहरु अब क्रमशः घट्दै जाने र एकअर्काेमा गाभिने (मर्ज हुने) बताउनुभयो ।

महिला र युवालाई उद्यमी बनाउने, कृषकहरुलाई व्यवसायीकीकरणतर्फ लैजाने सहकारीहरु नै अबका दिनमा फस्टाउने पनि मन्त्री अर्यालले धारणा राख्नुभयो ।

प्रदेश सभा सांसद लक्ष्मण लम्सालले सहकारीले सर्वसाधारणबाट संकलन गरेको निक्षेप घरजग्गा, सवारी साधन जोड्का लागि ऋण दिन नभई जलविद्युत, कृषि उत्पादन र रोजगारीका क्षेत्रतर्फ लगानी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा उहाँले सिद्धिक वचत तथा अण सहकारी संस्था लि.का उत्कृष्ट सञ्चालक लक्ष्मीप्रसाद श्रेष्ठ (रोशन), सल्लाहकारहरु राजकुमार मल्ल, तेजराम झा, शम्भुबहादुर बुढाथोकी, उत्कृष्ट कर्मचारी मेनुका खतिवडा, उत्कृष्ट वचतकर्ता, गोविन्द तिमल्सिना र केदार बुढाथोकी, आवधिक वचतकर्ता ओमप्रसाद तिमल्सिना र उत्कृष्ट शेयरतर्फ कुमारराज गिरीलाई सम्मान गर्नुभयो ।

यसैगरि सांसद लम्सालले जेष्ठ नागरिकहरु निलकण्ठ ढुंगाना र काली खत्रीको साथै गतवर्षको माद्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्याथर््ीहरु लेलिना पण्डित, समिता घिमीरे, अनिश श्रेष्ठ, अंकित सिंह र प्रगाढ खड्कालाई नगदसहित सम्मान गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष होमप्रसाद चौलागाई, सचिव नरेन्द्र राई, कोषाध्यक्ष जितेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष तेजराम झा,लेखा समितिका संयोजक विजयराम दवाडीले संस्थाको प्रगती र चुनौतिबारे बोल्नुभयो भने पुर्व सभासद केदारप्रसाद सञ्जेल, सहकारीवीज्ञ परितोष पौडेल, सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाई, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तथा सेन्ट लरेन्स कलेजका निर्देशक केशव दंगाल, डेरी एशोयिसनका अध्यक्ष प्रहलाद दाहाललगायतले बोल्नुभयो ।

वार्षिक साधारण सभाको दोस्रो सत्रबाट होमप्रसाद चौलागाईको नेतृत्वमा आगामी ४ वर्षको लागि ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ, सचिवमा नरेन्द्र राई, सहसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ (रोशन), कोषाध्यक्षमा तिर्थ महर्जन र सदस्यहरुमा राजकुमार मैनाली, विजयराम दवाडी, अनिल शिवाकोटी, सन्तोषकुमार खड्का र कुमारारज गिरी चयन हुनुभएको छ ।
यसैगरि लेखा समितिको संयोजकमा अनिलकुमार रंजित र सदस्यद्धयमा रमेश दंगाल र हरिश्चन्द्र ढकाल,ऋण उपसमितिका सदस्यहरुमा शम्भुबहादुर बुढाथोकी र राजकुमार मैनाली, शिक्षा उपसमितिका सदस्यद्धयमा पुर्णिमा थापा शाक्य र पुण्यवती चौलागाईलाई चयन गरिएको छ ।

संस्थाको सल्लाहकारहरुमा इन्द्रबहादुर बानियाँ प्रमुख सल्लाहकार, उद्धवप्रसाद चौलागाई कानुनी सल्लाहकार मनोनित गरिएको छ भने बालकृष्ण शिवाकोटी, सानुभाई खडका, तेजराम झा, ओमकृष्ण कार्की, मातृका चौलागाई र राजकुमार मल्ललाई सल्लाहकारमा मनोनित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्