काठमाडौँ, १५ मङ्सिर । नेपाल विद्यार्थी संघले जिल्ला तहसम्मका अधिवेशन गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
अध्यक्ष नैनसिंह महरले अधिवेशन विथोल्न खोज्नेलाई कारबाही गरेर अधिवेशन र महाधिवेशनमा भाग लिन नपाउने गरी निर्णय गरिएको जानकारी दिए ।
खटाइएको चार दिनभित्रमा तोकिएको जिल्ला पुगेर काम नगर्ने प्रतिनिधिको विकल्पमा अर्को प्रतिनिधि पठाइने महरले जनाएका छन् ।










