काठमाडौँ, १५ मंसिर । कम्बोडियाका प्रधानमन्त्री हुन सेन शनिबार स्वदेश फिर्ता भएका छन ।
प्रधानमन्त्री सेनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानून, न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका छन ।
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लीनका लागी प्रधानमन्त्री सेन यही मङ्सिर १३ गते काठमाडौँ आएका थिए ।





