वार्ता, सम्वाद र छलफलको माध्यमले शान्ति स्थापना गर्न नेपाल उदाहरणीय : प्रम ओली

काठमाडौँ, १५ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाह्य द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ भन्ने उदाहरण नेपालले विश्वसामु देखाएको बताउनुभएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया नेपालीले नै स्थापना र नेतृत्व गरेको, स्वामित्व लिएको र बलियो बनाएको तथा नेपाली जनताले साहासीपूर्ण र दृढ निर्णय लिएको उल्लेख गर्नुभयो । उहाँले हामीले जनताका प्रतिनिधिबाट संविधान लेखनको ऐतिहासिक जिम्मेवारी पनि सम्पन्न गरेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिस्पर्धात्मक बहुदलीय प्रजातन्त्र, कानूनी राज्य, स्वतन्त्र न्यायपालिकाका साथ हामीसँग सबैभन्दा राम्रो संविधानमध्ये एक छ भन्नेमा विश्वास रहेको बताउनुभयो । उहाँले अबका दिनमा नेपालले अधिकारको निम्ती राजनीतिक रुपमा थप सङ्घर्ष गर्नु नपर्ने भन्दै नेपाली जनताका लागि नयाँ युग शुरुवात गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले समानता, आपसी सम्मान तथा लाभका सिद्धान्तका आधारमा छिमेकी मुलुकसँग मैत्रीपूर्ण, सहयोगात्मक, सन्तुलित सम्बन्ध राखेको र स्वतन्त्र कूटनीति सञ्चालन गरेको बताउँदै विश्वका प्रमुख शक्तिसँग नेपालको सम्बन्ध हुनाका साथै क्षेत्रीय सम्बन्ध बलियो, बढी स्पष्ट र उत्पादक बनेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्