ए डिभिजन लिगमा एनआरटीलाई पुलिसले हरायो

काठमाडौं, १४ मंसिर । ए डिभिजन लिग फुटबलको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले एनआरटीलाई हराएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले न्युरोड टिम ९एनआरटी० लाई ३–० ले पराजित गरेको हो ।
एकपक्षीय खेलमा पुलिसका लागि ४० औं मिनेटमा निरकुमार राईले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ६६ औं मिनेटमा पुलिसका अभिषेक रिजालले गोल गर्दै पुलिसलाई २–० को अवस्थामा पु¥याए । ८२ औं मिनेटमा पुलिसका लागि निरकुमार राईले नै अर्को गोल गर्दै ३–० गोलको स्पष्ट जित दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री