मुलुक आर्थिक विकास र समृद्धिको नयाँ चरणमा : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक राजनीतिक क्रान्ति सम्पन्न भएपछि अहिले आर्थिक विकास र समृद्धिको नयाँ चरणमा पुगेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयाजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ को आज शुभारम्भ गर्दै उहाँले जनताको चाहनाअनुसारको संविधानले निर्दिष्ट गरेका तीन तहको निर्वाचन पूरा भई बनेका सरकारले मुलुकको विकास, समृद्धि र स्थिरता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “आर्थिक प्रगति र समृद्धिका लागि स्थिरताको आवश्यकता हुन्छ, स्थायित्वले सिर्जनशील वातावरण निर्माण गर्छ ।”

अध्यक्ष दाहालले राष्ट्रको आर्थिक विकास र समृद्धिका लागि पूर्वाधार विकास तथा कृषि, पर्यटनका क्षेत्रमा वैदेशिक लगानी वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर