मुलुक आर्थिक विकास र समृद्धिको नयाँ चरणमा : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक राजनीतिक क्रान्ति सम्पन्न भएपछि अहिले आर्थिक विकास र समृद्धिको नयाँ चरणमा पुगेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयाजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ को आज शुभारम्भ गर्दै उहाँले जनताको चाहनाअनुसारको संविधानले निर्दिष्ट गरेका तीन तहको निर्वाचन पूरा भई बनेका सरकारले मुलुकको विकास, समृद्धि र स्थिरता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “आर्थिक प्रगति र समृद्धिका लागि स्थिरताको आवश्यकता हुन्छ, स्थायित्वले सिर्जनशील वातावरण निर्माण गर्छ ।”

अध्यक्ष दाहालले राष्ट्रको आर्थिक विकास र समृद्धिका लागि पूर्वाधार विकास तथा कृषि, पर्यटनका क्षेत्रमा वैदेशिक लगानी वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी