मिस वर्ल्डमा भोटिङ गर्ने दुई दिन थप, श्रृंखला अग्रस्थानमा

काठमाडौं, १३ मंसिर । मिस बर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप गरिएको छ ।

भोटिङमा अहिलेसम्म नेपालकी श्रृंखला खतिवडा अग्रस्थानमा छिन् । मल्टिमिडिया अवार्ड जितेमा श्रृंखला सर्ट कर्ट बाटोबाट फाइनल राउन्ड (टप ३०) मा प्रवेश गर्न सक्छिन् ।

मिस वल्र्डको आधिकारिक फेसबुक पेजका अनुसार : ‘अहिलेसम्मकै किर्तिमानी संख्यामा भोटिङ भइरहेको अवस्थामा सबैले भोट हाल्ने मौका पाउन् भनेर हामीले ३० नोभेम्बर बेलुकी ५ बजेसम्मलाई भोटिङ अवधि लम्ब्याएका छौं,’

श्रृंखलालाई भोट गर्ने तरीका :

श्रृंखलाको आधिकारिक मिस वल्र्ड पेज www.facebook.com/Miss-World-nepal लाई लाइक गर्ने र यसमा उनले पोष्ट गरेका सामग्रीहरुमा लाइक र कमेन्ट गर्ने

मिस वल्र्डको आधिकारिक वेबसाइट  https://missworld.com/#/contestants मा गएर श्रृंखलालाई भोट गर्ने

मोबस्टार एपबाट एप डाउनलोड गर्ने ।

नयाँ अकाउन्ट खोलेर वा फेसबुकको आइडी पासवर्ड प्रयोग गरेर साइन इन गर्ने  ।

मगस्टारमा आफ्नो अकाउन्ट खोलिसकेपछि श्रृंखला खतिवडा सर्च गर्ने ।

उक्त पेज खोलेर श्रृंखलाले गरेका पोष्टहरुलाई बायाँबाट दायाँ स्वाप गर्ने  ।

हरेकचोटि स्वाप गर्दा अंग्रेजीमा ‘एस’ देखाउँछ जुन एक भोट बराबर हो ।

साथै श्रृंखलाले गरेको पोष्टमा कमेन्ट गर्दा पनि भोट काउन्ट हुन्छ ।

https://missvo.modelpowergd.com/en/?id=1&fbclid=IwAR3z-mn7RVzqKiZBU3BDZFTIhiUahi4tbSm5pQsN1HdFvbWV_mUYtD4CC6U#/detail?id=90

मा गएर उनको फोटो लाइक गर्ने ।

मिस बर्ल्डको फाइनल ८ डिसेम्बरमा चीनको सान्यामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गर्नुभएको छ । देशमा

काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । रास्वपा प्रवक्ता

काठमाडौँ, ३१ भदौ । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य

काठमाडौँ, ३१ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। सिंहदरबारमा अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा