काङ्ग्रेसको जिल्ला सभापति भेला नुवाकोटमा : विधान मस्यौदामाथि छलफल

नुवाकोट, १२ मङ्सिर । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको दुई दिने भेला आजबाट नुवाकोटको ककनीमा शुरु भएको छ ।

प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न काङ्ग्रेसका जिल्ला सभापति भेला भएका हुन् । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले केन्द्रीय समितिमा गत आइतबार बुझाएको विधान मस्यौदामाथि छलफल गर्न भेला आयोजना गरिएको नेपाली काङ्ग्रेस नुवाकोटले जनाएको छ ।

विधानमाथि छलफल गर्न विशुद्ध सभापतिको मात्र भेला भएको जसमा केन्द्रीय नेता कोही नआउने बताइएको छ । विधानमा उल्लेखित सङ्गठनात्मकलगायत विभिन्न विषयमा संशोधनको लागि ७७ वटै जिल्लाका सभापतिको साझा धारणा महासमितिमा लैजाने योजनासहित भेला सञ्चालन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्