काठमाडौं, १२ मंसिर । मिस वर्ल्ड प्रतियोगिता अन्तर्गतको विधा ‘मिस ट्यालेन्ट’को उपाधि जापानी सुन्दरी कनाको डेटले गायन प्रस्तुत गर्दै अवार्ड जितेकी छन ।
ऊनि मिस वल्र्ड २०१८ को फाइनल टप ३० मा पुगेकी छन् । यसअघि फ्रान्सकी माइभा कोउकेले टप मोडेलको अवार्ड जित्दै फाइनलमा पुगेकी थिइन् ।
१८ देशका सुन्दरीहरुले मिस ट्यालेन्डको फाइनल राउन्डमा प्रतिस्पर्धा गरेका थिए । शृंखलाले फेसबुकमा कनाकोलार्ई बधाई दिएकी छन् । उनको प्रस्तुतिमा आफ्नो आँखा रसाएको भन्दै शृंखलाले लेखेकी छन्, ‘तिमी यो अवार्डको हकदार थियौ ।’
श्रृंखला मल्टिमिडिया अवार्डको प्रमुख दावेदार हुन् । यो अवार्डका लागि भोटिङ गर्ने आज अन्तिम दिन हो । उनि मल्टिमिडिया अवार्ड जितेको खन्डमा उनको फाइनल राउन्डमा पुग्ने बाटो सहज हुनेछ ।






