कक्षा १ र २ का विद्यार्थीलाई गृहकार्य दिन नपाइने

काठमाडौं, १२ मंसिर । भारतमा कक्षा १ र २ पढ्ने विद्यार्थीलाई गृहकार्य दिन रोक लगाइएको छ ।

भारतको मानव संसाधन मन्त्रालयले सोमबार जारी गरेको निर्देशिकामा कक्षा १ र २ का विद्यार्थीलाई गृहकार्य दिन रोक लगाइएको हो ।

यसका साथै कक्षा १ देखि २ सम्म भाषा, गणित विषयबाट सम्बन्धित केबल २ मात्र किताव अनिवार्य गरिएको छ । भारतमा पहिलो पटक कक्षा १० सम्मका विद्यार्थीका लागि निर्देशिका जारी गरिएको हो ।

 विद्यार्थीले स्कुल जाँदा बोक्ने झोलाको तौल कक्षा १ र २ का विद्यार्थीहरुले बढीमा डेढ केजी तथा कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुले २ देखि ३ केजीमा सम्म बोक्न पाउने छन् । कक्षा ६ र ७ का विद्यार्थीले ४ केजी, ८ र ९ का विद्यार्थीले साढे ४ केजी सम्मको तौल भएको झोला बोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा