हनुमन्ते नदी करिडोरको शिलान्यास, असफलता भक्तपुरको इतिहासमा लेखेको छैन : सांसद बस्नेत

भक्तपुर, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नतले हनुमन्ते नदीको करिडोरको शिलान्यास गर्दै भक्तपुरको विकासमा असफलता भन्ने कुनै पनि इतिहासमा नरहेको बताउनुभएको छ ।

भक्तपुरको धार्मिक तथा पर्यटकिय नदीको रुपमा परिचित उक्त नदीमा निर्माण गर्न लागिएको करिडोरको शिलान्यास गर्दै सांसद बस्नेतले करिडोर निर्माण सम्पन्न भईसकेपछि भक्तपुरमा डुवान तथा सवारी जामको अत्य हुने बताउनुभयो ।

उहाँले करिडोरको शिलान्याससँगै डुवान तथा सवारी जामको अन्त्य आगामी एक वर्षभित्रमा गरेरै छोड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।उहाँले भक्तपुरको वातावरण स्वच्छ, सुन्दर, हराभरा, लागुऔषधमुक्त बनाउन ढल तथा वृक्षरोपणको कार्य समेत करिडोर निर्माणसँगै अघि बढ्ने बताउँदै कोही कसैले ढल खोला वा नदीमा मिसाए कानुनको कठाधरामा उभ्याउने समेत चेतावनी दिनुभयो ।

भक्तपुरको विकासमा सम्पूर्ण राजनैतिक दलको ऐक्यवद्धता रहेको भन्दै उहाँले आजकै दिनदेखि भक्तपुर विकासमा एकताको अभियान समेत अघि बढेको बताउनुभयो ।

भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाले काममा गुणस्तरियता हुनु पर्ने भन्दै आम भक्तपुरका जनताले निर्माण कार्यमा हातमा हात काँधमा काँध मिलाई निर्माण कम्पनीलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस भक्तपुरका नेता अष्टकुमार कबेले विकास निर्माणका कार्यमा एकतावद्ध हुनु पर्ने भन्दै सम्पूर्ण जनतालाई साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले भक्तपुरमा युगान्तकारी विकास निर्माणका कार्यहरु अघि बढेको बताउनुभयो । उहाँले भक्तपुरलाई समृद्ध बनाउन सहकार्य र समन्वयका साथ अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

पूर्वमध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनकृष्ण श्रेष्ठले ल्याण्ड पुलिङको माध्यमबाट विकासका कार्यहरु अघि बढाएमा कुनै समस्या नआउने दावि गर्नुभयो । त्यस्तै उहाँले विकास निर्माणका कार्यमा समस्या आए वार्ता र छलफलबाट समाधान गर्नुपर्ने भन्दै विकास निर्माणका कार्यहरु भने रोक्नु नहुने बताउनुभयो ।

कार्यक्रममा अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समिति आयोजना प्रमुख आषिस घिमिरेले रिटेनिङ वाल यो वर्षाको समयभन्दा अघि नै निर्माण सम्पन्न गराउने बताउनुभयो । त्यस्तै उहाँले करिडोर निर्माणसँग सँगै बृक्षारोपणका कार्यहरु समेत हुने भएकाले वातावरण स्वच्छ र सुन्दर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकास निर्माणका क्रममा आएका समस्या समाधान गर्न प्रशासन तयार रहेको बताउनुभएको छ । उहाँले वार्ता र छलफललाई कोही कसैले वेवास्ता गरी विकास निर्माणका कार्यलाई अवरोध गरे हस्तक्षेप गर्ने समेत बताउनुभयो ।

८१ करोडको लागतमा शुरु भएको उक्त करिडोर समानन्तर निर्माण कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ । उक्त कम्पनीले आगामी एक वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गराउने बताएको छ । करिडोरको शिलान्यास सँगसँगै नदीमा ढल विच्छ्याउने कार्य समेत अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ