चुनौति र समस्या समाधान गर्दै देश विकास र समृद्धि : मन्त्री बस्नेत

काठमाडौँ, १० मङ्सिर । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणीय चुनौति र समस्या समाधान गर्दै अघि बढ्नु नै देश विकास र समृद्धिको आधार हुने बताउनुभएको छ ।

उर्जा र वातावरणका लागि राष्ट्रिय महिला सञ्जाल नेपालले ललितपुरमा आयोजना गरेको ‘हरियाली वातावरण कोष र लैङ्गिक समानता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले मानविय आवश्यकता पुरा गर्ने क्रममा विभिन्न प्रकारका वातावरणीय परिवर्तन हुने परिवर्तनलाई चुनौतिका रुपमा मात्र नलिई सफलताका रुपमा हेर्नुपर्नेमा जोड दिनुभएको छ ।

समाजका सवै क्षेत्रका मानिसलाई जलवायु परिवर्तन सम्बन्धी छलफल, नीति निर्माण तथा योजनामा समावेश गरी सहभागितामूलक बनाउनुपर्ने बताउनुभयो । उहाँले वातावरणीय परिवर्तनले विशेष गरी विपन्न वर्ग तथा महिलालाई मुख्य रुपमा असर पर्ने भएकाले त्यसलाई विशेष ध्यान दिई काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मानविय जीवनमा असम्भव भन्ने केही नहुने भन्दै मन्त्री बस्नेतले जलवायु परिवर्तन सम्बन्धी तीनै तहका सरकारले आफ्नो क्षेत्राधिकार भित्र रही जनचेतना, सजगता तथा लगाव हुनुपर्ने बताउनुभयो ।

सिप्रेड नेपालका कार्यकारी निर्देशक डा. पासाङ डोल्मा शेर्पाले वातावरण नै मानव जीवनको प्राकृतिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताउनुभयो । उहाँले जलवायु तथा अन्य विभिन्न प्रकारका वातावरणीय प्रदुषण रोक्न लैङ्गिक समानता हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले सरकारले वातावरण सम्बन्धी रणनीति तर्जुमा गर्दा महिला मैत्री वातावरणलाई विशेष ध्यानदिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा आयोजक संस्थाकी उपाध्यक्ष उत्तरा नेपालले अव्यवस्थित रुपमा वनजंगल फडानी, भु–क्षय, प्लानिङ, पुराना सवारी साधन, कलकारखानाबाट निस्कने धुवाँ धुलो नै वातावरण प्रदुषणको मूख्य कारण भएको बताउनुभयो । उहाँले घरबाट निस्कने फोहोरमैलाले समेत वातावरणका साथमा नदीनालामा समेत फोहोर हुने गरेकाले यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ