काठमाडौं, १० मंसिर । आज सोमबार सुनको मूल्य घटेको छ ।
सुन तोलामा ३ सय रुपैयाँले घटेर ५७ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





