काठमाडौं,९ मंसिर । नेपाल राष्ट्र बैंकले जथाभावी लगानी गर्ने बैंक तथा वित्तिय संस्थालाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।
नेपाल वित्तिय संस्था कर्मचारी संघले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले राष्ट्र बैंकको निर्देशन विपरित लगानी गर्ने बैंक तथा वित्तिय संस्थालाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकको योजना विपरित लगानी गर्ने बैंक तथा वित्तिय संस्थालाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
निक्षेपभन्दा बढी लगानी गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई कार्वाही गर्ने नेपाल राष्ट्र बैंकको योजना छ ।
गभर्नर नेपालले प्रविधि अनुसार आफ्ना योजनाहरुमा पनि परिवर्तन ल्याउन पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए ।






