कांग्रेसको केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्य १४१ बनाउने प्रस्ताव पेश

काठमाडौं, ९ मंसिर। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या बढाउने प्रस्ताव पेश भएको छ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय पदाधिकारी बैठकमा हाल कांग्रेसमा ८५ जना केन्द्रीय सदस्य रहने परिपाटीलाई परिवर्तन गर्दै विधान मस्यौदा समितिले केन्द्रीय सदस्य एक सय ४१ बनाउने प्रस्ताव सहितको प्रतिवेदन पेश गरेको हो।

विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा आफ्नो समितिको प्रतिवेदन पेश गरेका छन् ।

कांग्रेसको अर्को केन्द्रीय समिति बैठक १३ गते बस्ने छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ