त्रिविकाे ४४ अाैं दीक्षान्त समाराेहमा ९५ सय विद्यार्थी दीक्षित हुने

काठमाडौं, ९ मंसिर ।  त्रिभुवन विश्वविद्यालयको  ४४ औं दीक्षान्त समारोहमा ९५ सय विद्यार्थी दीक्षित हुने भएको छ ।

पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको संख्या गत वर्षको तुलनामा १ हजार २ सय २३ बढेको छ ।

यसवर्ष दीक्षान्त समारोहमा ९ हजार ४ सय ९५ विद्यार्थी दीक्षित हुने भएका छन् । त्रिविका अनुसार गत वर्ष ८ हजार २ सय ६९ विद्यार्थी दीक्षित भएका थिए ।

त्रिवि परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले यसवर्ष अनलाइन फारमबाट निवेदन दिन पाइने भएकाले गत वर्षको तुलनामा विद्यार्थी संख्या बढेको बताए ।

यसैगरी स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका व्यवस्थापन संकायमा २ हजार ९ सय २०, इञ्जिनियरिङमा १ हजार २ सय १०, विज्ञानमा १ हजार १ सय ८२, मानविकीमा २ हजार ३८, चिकित्सामा ९ सय ६४, शिक्षामा ८ सय ९३, कानूनमा १ सय ५८, कृषिमा ९९ र वनमा २८ जना विद्यार्थी दीक्षित हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।