त्रिविकाे ४४ अाैं दीक्षान्त समाराेहमा ९५ सय विद्यार्थी दीक्षित हुने

काठमाडौं, ९ मंसिर ।  त्रिभुवन विश्वविद्यालयको  ४४ औं दीक्षान्त समारोहमा ९५ सय विद्यार्थी दीक्षित हुने भएको छ ।

पुस १६ गते हुने ४४ औं दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको संख्या गत वर्षको तुलनामा १ हजार २ सय २३ बढेको छ ।

यसवर्ष दीक्षान्त समारोहमा ९ हजार ४ सय ९५ विद्यार्थी दीक्षित हुने भएका छन् । त्रिविका अनुसार गत वर्ष ८ हजार २ सय ६९ विद्यार्थी दीक्षित भएका थिए ।

त्रिवि परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले यसवर्ष अनलाइन फारमबाट निवेदन दिन पाइने भएकाले गत वर्षको तुलनामा विद्यार्थी संख्या बढेको बताए ।

यसैगरी स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका व्यवस्थापन संकायमा २ हजार ९ सय २०, इञ्जिनियरिङमा १ हजार २ सय १०, विज्ञानमा १ हजार १ सय ८२, मानविकीमा २ हजार ३८, चिकित्सामा ९ सय ६४, शिक्षामा ८ सय ९३, कानूनमा १ सय ५८, कृषिमा ९९ र वनमा २८ जना विद्यार्थी दीक्षित हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा