नेपालमा महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धी : प्रम ओली

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालले महिलाहक, अधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्नुभएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

“संविधानले सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरेको छ । प्रत्येक नेपाली महिलाललाई विना लैङ्गिक भेदभाव समान वंशीयहक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धीहक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक लगायत मौलिक हक प्रत्याभूत गरेको छ” सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ “संघ, प्रदेश र स्थानीय तहका निर्वाचनबाट विभिन्न तहको नेतृत्व मानिर्वाचित भएका मध्ये ४१ प्रतिशत महिलाहरु नै छन् । यो तथ्यांक दक्षिण एशिया र विश्वकै लागि समेत प्रेरणादायी छ ।”

मानवअधिकारको विश्वव्यापी घोषणा १९४८, राजनीतिक तथा नागरिक एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि अनुवन्ध १९९६ र महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धी १९७९ को नेपाल पक्ष राष्ट्र भएकोले यी महासन्धीको सरकारले पूर्ण पालना गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाउनु भएको छ । “यी महासन्धीहरुको पक्ष राष्ट्रका रुपमा दायित्ववोध गर्दै नेपाल सरकार महिला केन्द्रितनीति, कानून, योजना र संरचना तथा कार्यक्रम निर्माण गरी उपलब्ध स्रोत र साधनको अधिकत्तम प्रयोग गरेर महिलाहरुको जीवनस्तर माथि उठाइ समृद्ध र सुखी समाज निर्माण गर्न प्रयासरत छ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “सरकार महिलाहरुको हकअधिकार सुनिश्चित गर्दै महिला विरुद्ध हुने कुनै पनि प्रकारका हिंसा तथा विभेदको पूर्ण रुपमा अन्त्य गर्न प्रतिवद्ध छ ।”

व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्र लैङ्गिक हिंसाको नकारात्मक प्रभावबाट ग्रसित हुने भएकोले यसका कारकहरुको निर्मूल गर्ने कुरामा सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । हिंसा विरुद्ध सरकारको प्रयास हुँदाहुँदै पनि कतिपय अवस्थामा गलत अभ्यास र दुःखद् घटनाका कारण देशको छवि अन्तर्राष्ट्रिय रुपमा नकारात्मक हुन नपाओस भनेर सबै सजग हुनु पर्ने प्रधानमन्त्रीको धारणा छ ।

प्रधानमन्त्री ओलीले सरकारले महिला बिरुद्ध हुने सबै किसिमका हिंसा प्रतिशून्य सहनशिलताको नीति अवलम्बन गरेको स्मरण गराउनु भएको छ । “लैङ्गििक हिंसाको अपराधमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कडा सजाय दिन सरकार दृढ छ” प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ “मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको प्रभावकारी कार्यान्वयबाट सबै प्रकारका हिंसा अन्त्यका लागि थप बल प्रदान गर्ने मैले विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज बजार खुलेसँगै उतारचढावकाबिच

काठमाडौँ, १९ साउन । देशको दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-१० थापागाउँ धोबीखोला

काठमाडौँ, १९ साउन । सुनसरीको देवानगन्जमा भएको तनावमा घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ ।  काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल

काठमाडौँ, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न