सभापतिको हुकुमी शैली, पार्टी नेतृत्व संस्थामूखी नभई व्यक्तिमूखी भयो : नेता केसी

बुटवल, ८ मंसिर । कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गर्दै पार्टी नेतृत्व व्यक्तिमुखी नभई संस्थामूखी हुनुपर्नेमा जोड दिनुभयो ।

प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले भने, ‘सभापति देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गरिरहनु भएको छ, त्यो मान्य हुने छैन् ।’ सामूहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर भद्रगोल भएको भन्दै उनले कार्यशैली सच्याउन देउवालाई आग्रह गर्नुभयो । पार्टीनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा संकट देखिरहेका बेला उनले त्यसलाई देउवा शैलीकै उपज भएको बताउनुभयो ।

संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने नेता केसीले बताउनुभयो । सरकारका ९ महिने कार्यकालको गफमै बितेको बताउनुभयो । उहाँले भन्नुभयो ‘लोकतन्त्रको सरकारको यात्रा निरंकुशतातर्फ मोडिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर